करिनाले बिपाशालाई लगाइन् थप्पड
एजेन्सी। बलिउडमा अभिनेत्रीबीच झगडा हुनुलाई सामान्य मानिन्छ। तर यो झगडा जब हात हालाहालसम्म पुग्न भने त्यसलाई गम्भीर रुपमा नै लिनुपर्छ। एउटा यस्तै घटन आजभन्दा १८ वर्ष पहिला भएको थियो। फिल्म ‘अजनबी’ को सेटमा करिना कपुरले बिपासा बसुलाई एउटा सामान्य विषयमा थप्पड लगाएकी थिइन्। करिनाको उक्त हरकतले फिल्मको सेटमा उपस्थित सबै जना चकित भए।
भारतीय संचारमाध्यमका अनुसार फिल्मको सेटमा करीना र बिपासाबीच कपडाको विषयमा झगडा भएको थियो। अवस्था त्यतिबेला तनावपूर्ण भयो जतिबेला करिनाका डिजाइनर विक्रम फड्नीसले करिनालाई नसोधी बिपासालाई सहयोग गरे।
उक्त कार्यबाट आक्रोशित भएकी करिनाले बिपासालाई ‘कालो बिरालो’ भन्दै थप्पड हानिन्। यो झगडा यति बढ्यो की बिपासाले भविष्यमा कहिल्यै पनि करिनासँग काम नगर्ने कसम नै खाइन्। अजनबी बिपासको डेब्यू फिल्म थियो भने करिनाले एक वर्ष पहिल फिल्म ‘रिफ्यूजी’ मार्फत डेब्यू गरेकी थिइन्।
उक्त झगडापछि बिपासले फिल्मफेयरलाई दिएको एक अन्तर्वातामा भनेकी थिइन्, ‘यो विषयमा तिललाई पहाड बनाइयो। यदि करिनालाई डिजाइनरसँग केही गुनासो थियो भने यो विषयमा मलाइ मुछ्नुपर्ने कुनै कारण नै थिएन। म कहिल्यै पनि अब करिनासँग काम गर्दिन।’ उक्त झगडापछि करिनाले पनि २००२ मा फिल्मफेयरलाई अन्तर्वाता दिँदै आफ्नो भनाइ राखेकी थिइन्।
उनले भनेकी थिइन्, ‘मलाइ के लाग्छ भने बिपासालाई आफ्नो क्षमतामाथि विश्वास छैन। उनले चार पेजका अन्तर्वातामा तीन पेज त मेरै विषयमा कुरा गरेकी छन्। उनले आफ्नो कामको विषयमा किन उल्लेख गरिनन्? मलाइ के लाग्छ भने बिपासलाई अहिलेसम्म जति सफलता मिलेको छ, त्यो सबै फिल्म ‘अजबनी’ को सेटमा डिजाइनर विक्रम फड्नीसलाई लिएर मसँग भएको झगडाका कारण मिलेको छ।’
January 17, 2019 12:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग