Thursday 5th March 2026

कार्तिक आर्यनसँगको फिल्मबाट अचानक निकालिइन् तापसी पन्नु, अनन्या पाण्डेले गरिन् रिप्लेस

7 years अगाडी

बलिउड फिल्म ‘पिंक’ मार्फत बलिउड डेब्यू गरेकी अभिनेत्री तापसी पन्नुले पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल भइन् ।सन् २०१८ मा उनले फिल्म ‘मनमर्जियाँ’, ‘मुल्क’, ‘दिल जंगली’ र ‘सुर्मा’ फिल्ममा काम गरिसकेकी छिन् । केही समयअघि मात्रै तापसी पन्नुलाई फिल्म ‘पति पत्नी और वो’ मा अभिनेत्रीको रुपमा कास्ट गरिएको खबर आएको थियो । तर अचानक उनलाई यस फिल्मबाट निकालिएको खबर सार्वजनिक भयो ।

फिल्मका निर्देशक मुदस्सर अजीजले तापसीलाई कुनै पनि जानकारी नदिएरै रिप्लेस गरिदिएका छन् । यस फिल्ममा अभिनेता कार्तिक आर्यनको हिरोइनको रुपमा तापसीलाई रिप्लेस गर्दै चंकि पाण्डेकी छोरी अनन्या पाण्डेलाई कास्ट गरिएको छ ।

यसरी कुनै पनि जानकारी नै नदिएर आफूलाई फिल्मबाट निकालिदिएपछि तापसीले आफ्नो रिस पोखेकी छिन् । तापसीले मिडियासँगको कुराकानीमा भनिन्, ‘मलाई रिप्लेस गरिने कुराबारे अगाडि कुनै पनि जानकारी दिइएन । मैले यस फिल्मका लागि भनेर आफ्नो अर्काे फिल्मको डेट फिक्स गरेकी थिएँ साथै म के कारणले गर्दा रिप्लेस हुनुपर्‍यो भन्ने कुराको कारण पनि दिइएको छैन ।’

तापसीले निर्देशक मुदस्सर अजीजले आफूलाई बिनाकारण रिप्लेस गरेपछि फिल्म निर्मातासँग कुरा गरेको भन्दै भनिन्, ‘मैले निर्मातासँग पनि कुरा गरँे । उनले पनि यसको कुनै जवाफ दिन सकेनन् ।’ तापसीले यसरी बिनाकारण रिप्लेस हुँदा धेरै दुख लागेको बताएकी छिन् भने यस्तो किन गरियो भन्ने बारेमा फिल्म निर्माताहरुसँग जवाफ चाहेको पनि बताएकी छिन् ।

          January 17, 2019 7:14 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...