आफ्नै बुवालाई अदालतमा पुर्याइन् यी चर्चित ‘हलिउड सिंगर’ ले
एजेन्सी, माघ । आफ्नो आवाजको बलमा विश्वलाई नचाएकी ‘हलिउड सिंगर’ रिहानाबारे एउटा खबरले अहिले अन्तर्राष्ट्रिय मिडियाले तात्तिएको छ । ती खबरहरु अनुसार रिहाना आफ्नै बुवाको विरुद्ध अदालतमा पुगेकी छिन् । रिहानाले आफ्नो नाम प्रयोग गरेर फाइदा लिएको बुवामाथि आरोप लगाएकी छिन् ।
जानकारीका अनुसार रिहानाले आफ्नो बुवा र उनको व्यापार साझेदारविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । रिहानाको अनुसार उनलाई फेंटी इन्टरटेन्मेन्टको बारेमा गलत जानकारी पठाएर आफ्नो फाइदाका लागि बुवा र उनको व्यापार साझेदारले उनको नामको प्रयोग गरेका थिए ।
रिहानाले आफ्नो उजूरीमा फेंटी २०१२ देखि आफ्नो ट्रेडमार्क रहेको र त्यो कस्मेटिक र अन्य बस्तु उत्पादनका लागि २०१२ देखि आफूले प्रयोग गर्दै आएकी बताएकी छिन् । फेंटी इन्टरटेनमेन्टको शुरुवात २०१७ मा भएको थियो । रिहानाको अनुसार उनको बुवाले उनलाई जानकारी नदिई १ करोड पचाँस लाख डलरको १५ वटा शो बुक गर्ने प्रयास गरेका थिए ।
रिहानाको अनुसार उनले बुवालाई रोक्न धेरै प्रयास गरेकी थिइन् तर त्यसको बावजूद पनि उनले फेंटी इन्टरटेनमेन्टबाट लगातार पैसा कमाइरहेका थिए ।रिहानाको सम्बन्ध उनको बुवासँग पहिले देखि नै तिक्ततापूर्ण रहेको थियो ।
January 18, 2019 2:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी