

साउदी अरेवीयाको जेद्दामा सोनाम ल्होसार मनाइने ।

जेद्धाबाट सहयोगी ध्रुव रिजालका साथ तेज थापा,
साउदी अरब – नेपाल तामाङ घेदुङ प्रवास शाखा, राष्ट्रिय समन्वय समिति, जेद्दा साउदी अरेवीयाले सोनाम ल्होसार २८५५ ड्वा फाग ल्हो (सुँगुर वर्ग) को उपलक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आउदो १ फेब्रुअरी २०१९ शुक्रबारका दिन बिशेश कार्यक्रम सहित सोनाम ल्होसार मनाउने तयारी गरेको हो ।
सोनाम ल्होसारलाइ तामाङ समुदायमा बिषेश सास्कृतिक, धार्मिक महत्व राख्नुको साथै उक्त दिन लाइ नया वर्षको रुपमा पनि मनाउने गर्दछन् । तामाङ घेदुङ, जेद्दा साउदी अरेवीयाले आफ्नो धार्मिक परम्परा, धर्म सस्कृती, रितिरिवाजलाइ जगेर्ना गर्ने हेतुले हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
जेद्दा सरफिया स्थित इम्पाला गार्डेन रेस्टुरेन्टमा मध्यान १२ बजे देखि सुरु गरिने कार्यक्रममा स्थानीय कलाकार भाइबहिनीहरु द्वारा तामाङ सेलो लगाएत विभिन्न नेपाली मौलिकता झल्कने सांगितिक एवम् नृत्यहरु प्रस्तुत गरिने छ ।
संस्थाले नेपाली महावाणीज्य दुतावास जेद्दा लगाएत त्यस क्षेत्रका विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु लाइ उपस्थितको लागि निमन्त्रणा पठाउनुको साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाइ उपस्थित हुनको निम्ति प्रचार-प्रसार गरेको संस्थाका अध्यक्ष दिल बहादुर तामाङ र सल्लाकार सुप्रीम गोलेले जानकारी दिएका छन् ।
January 18, 2019 8:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

