सामूहिक बलात्कारका कारण १७ वर्षीय युवतीको मृत्यु, फरार मुख्य अभियुक्त पक्राउ
दाङ, ६ माघ । सामूहिक बलात्कारको घटनामा सर्वोच्च अदालतवाट २०७२ फागुन ३० गतेको फैसला अनुसार ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन् । साविकको बिजौरी गाविस–५ घर भई हाल तुलसीपुर उप–महानगरपालिका–१८ बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गत २०६५ चैत १५ गते महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा प्लस टु मा अध्ययनरत १७ वर्षीया किशोरीलाई नसालु पदार्थ खुवाई सामूहिक बलात्कार पश्चात ८४औं दिनमा किशोरीको मृत्यु भएको थियो ।
घटनामा संलग्न मुख्य अभियुक्त चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ मा फेला पारी पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य ६ जनाले यसअघि सजाय भुक्तान गरेको र घटनामा संलग्न फरार रहेका मोहन पुनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
January 20, 2019 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..