एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने
काठमाडौँ, ७ माघ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ ।
एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन् ।
च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् । जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ ।
नेपालले अहिलेसम्म एएफसी यू–२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ । यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ ।
January 21, 2019 12:11 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी