Tuesday 17th March 2026

आफ्नै नेपाली दिदी बहिनीहरुलाई झुक्याएर खाडीमा बेच्न लैजाने लामा भारतबाट परे पक्राउ

7 years अगाडी

काठमाडौँ । महिलाहरु कुनै खेलाउना होइनन् । जो कोही चाहेमा बेच्न पाइहाल्ने । कसैका आमा दिदी बहिनी र छोरीहरु हुन् महिला । चाहँदेमा पाइदैन बेच्न । नेपाली महिलाहरुलाई काम खोजिदिने भन्दै खाडी मुलुकमा बेच्ने ३३ वर्षीय लोप्साङ लामा पक्राउ परेका छन् ।ओखलढुङ्गा स्थायी घर भएका लामा भारतबाट पक्राउ परेका हुन् ।

रुखो स्वभावका दलालका रुपमा कहलीएका ३३ वर्षीय लोप्साङ लामा पक्राउ परेसँगै नेपाली युवतीलाई खाडीमा बेच्न लैजाने गिरोहको ठूलो पोल खुलेको छ । गत बर्षको जुलाई २५मा दिल्ली महिला आयोग ९डिसीडब्लू० की प्रमुख स्वाति मालीवालले वसन्त विहारको मुनिरका गाँउबाट १६ नेपाली युवतीको उद्दार गरेकी थिइन् ।

लामाले नै यी महिलाहरुलाई तेस्रो मुलुक लैजाने तयारी गरेका थिए । उनी त्यतिबेला देखि नै फरार थिए । विहार प्रहरीका डेपुटी कमिसनर सन्जिब कुमार यादवका अनुसार उद्दार गरिएका महिलाहरुलाई लामाले भाडामा लिएको घरमा २०(२२ दिनसम्म राखेका थिए । लामाले ती महिलाहरुलाई विभिन्न काममा लगाइ दिने भन्दै खाडी मुलुक लैजाने तयारी गरेका थिए । उनले ती महिलाहरुको पासर्पोट समेत आफैले राखेका थिए । लामाले ५ महिलालाई कुवेत र दुई महिलालाई इराकमा बेचीसकेको समेत उद्दार भएकी एक महिलाले यो कुराको ठूलो रहस्य खुलेको छ ।

पुलिसले पक्राउ गर्न पिछा गरिरहेका बेला पुलिसबाट बच्नका लागि उनले यमुना नदीमा हाम फालेपनि प्रहरीले भने उनलाई पक्राउ गर्न सफल भएको हो । लामा नदिमा हाम फाले लगत्तै पुलिस कन्स्टेबल मनोज त्यागीले नदीमा हाम फालेर उनलाई पक्राउ गर्न सफल भएका छन् । लामालाई पक्राउ गर्न मद्दत गर्नेको लागि १ लाख रुपैयाँको पुरुस्कार समेत राखिएपछि सबैतिरबाट उनलाई पक्राउ गर्नका लागी विशेष पहल भएको थियो ।

          January 21, 2019 12:58 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...