विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाइन्छ: उर्जामन्त्री पुन
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।
सोमबार काठमाण्डौमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालु आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भारतसँग सरकारले अघिल्लाे वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना पनि अघि सार्नुभयो ।
नेपाल र भारतबीच विद्युत आदानप्रदानसम्बन्धी सम्झौता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाइ छ ।
मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि स्मरण गराउनुभयो । कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यावसायिक बन्न आग्रह गर्नुभयो ।
राष्ट्रको आवश्यकता अनुसार लेखा परीक्षणको कामलाई अघि बढाउन चार्टर्ड एकाउन्टेन्टहरु लाग्नुपर्ने उहाँको भनाइ छ । महालेखा परीक्षक दंगालले दिगो विकास लक्ष्य हासिल हुनेगरी लेखा परीक्षणको कामलाई अघि बढाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
January 21, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..