

बीजेपीलाई हराउनको लागि करीना कपूर लाेकसभा चुनाव लड्लिन् त ?

मध्य प्रदेश विधानसभा चुनावमा प्राप्त जितलाई कांग्रेस लोकसभा चुनावमा पनि उतार्न चाहन्छ । यसकारण पार्टीले अहिलेदेखि नै तयारी सुरु गरिरहेको छ ।
यसै क्रममा कांग्रेसका केही सांसदले भुपालमा लोकसभा सिट जित्नका लागि उपाय निकालेका छन् । यसै क्रममा उनीहरुले भाेपाल संसदीय सिटमा कुनै नेतालाई नउठाएर बलिउड अभिनेत्री करीना कपूर खानलाई टिकट दिनुपर्छ भन्ने माग राखेका छन् ।
कांग्रेस सांसदका अनुसार भाेपाल संसदीय सिटमा लामो समयदेखि बीजेपीको एकछत्र राज चल्दै आएको छ । यससँगै भाेपाल बीजेपीको बलियो किल्ला बन्दै गइरहेको छ । जसलाई भत्काउनको लागि करीना कपूर बलियो उम्मेदवार मानिएकी छिन् । कांग्रेस सांसद गुड्डु चौहान र अनिस खानका अनुसार युवाहरुमाझ करीना कपूरका धेरै फ्यानहरु छन् र करीनालाई युवाहरुको अत्यधिक भोट प्राप्त हुनेछ ।
गुड्डुको भनाइमा जोड दिँदै अनिसले भनेका छन्, करीना पटौदी खानदानकी बुहारी भएकाले पुरानो भाेपालमा पनि यसको फाइदा पुग्नेछ । यसका साथै उनी महिला भएका कारण महिलाहरुका भोट प्राप्त गर्नमा पनि उनी सफल रहनेछिन् ।
करीनाका पति बलिउड अभिनेता सैफ अली खानको भाेपालसँग पुख्र्यौली सम्बन्ध रहेको छ । पटौदी परिवार वर्षौंदेखि भाेपालमा रहँदै आएको छ । कांग्रेसका सांसद पटौदी परिवारको लोकप्रियतालाई लोकसभा चुनावमा प्रयोग गर्न खोजिरहेका छन् ।
हुन त नवाब पटौदीले भाेपालबाट चुनाव लडिसकेका छन् तर त्यसमा उनी पराजित भएका थिए । तर अब करीनालाई चुनावमा उठाउनेबारे भने सांसदहरुले नवाब पटौदीलाई मुख्यमन्त्री कमलनाथसँग भेटघाट गरेर कुरा राख्न आग्रह गरेका छन् ।
‘कांग्रेससँग अब कुनै पनि नेता बाँकी रहेनन्, त्यही भएर अभिनेताको साथ लिएर चुनाव लड्दैछन्’ भन्दै बीजेपीका नेताले कांग्रेस सांसदहरुको मागलाई व्यंग्य गरेका छन् ।
भाेपालबाट बीजेपी सांसद आलोक सञ्जरले भनेका छन्, कांग्रेससँग स्थानीय नेता भएनन् त्यही भएर मुम्बईबाट उम्मेदवार आयात गर्नुपरेको छ । यसपटक पनि भाेपालकी जनता बीजेपीलाई नै भोट दिन्छन् भन्नेमा आफू ढुक्क भएको आलोक सञ्जरले बताएका छन् ।
January 21, 2019 1:48 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

