‘उरी–द सर्जिकल स्ट्राइक’ सय करोड कमाउँदै बन्यो वर्ष २०१९ को पहिलो सुपरहिट फिल्म
बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड फिल्म उद्योगमा एक नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । यस फिल्मले १०० करोडको व्यापार गर्दै सानो बजेटमै बनेका फिल्महरु मध्ये कम समयमै १ सय करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ । फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ४० करोडको बजेटमा बनेको हो ।
पाकिस्तानी आतंककारीहरुको हमलापछि भारतीय सैनिकले गरेको सर्जिकल स्ट्राइकमा आधारित कहानीमा फिल्म निर्माण भएको छ । फिल्मले प्रदर्शनको १० औं दिनमा १ सय करोड कमाएको हो ।
सन् २०१९ को जनवरी ११ मा प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै ८ करोड २० लाख रुपैयाँ कमाएको थियो । त्यसपछि प्रदर्शनको पाँचौं दिनमा ५० करोड कमाएको थियो भने आठौं दिनमा ७५ करोड र १० औं दिन सम्ममा १ सय करोडको व्यापार गर्न सफल भएको छ । निर्देशक आदित्य धारको निर्देशन रहेको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशलका साथै यामी गौतम र परेश रावलको पनि महत्वपूर्ण भूमिका रहको छ ।
January 22, 2019 12:19 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी