अन्जु र मनोजराज एकैसाथ , लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै सहयात्रा गरेका हुन् ।
गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोज राजशिवाकोटी सांगीतिक सहयात्रामा जोडिएका छन् । लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै एक गजल गायनमा सहयात्रा गरेका हुन् । उनीहरुको युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल सार्वजनिक भएको छ । मनोजराजकै संगीत रहेको सार्वजनिक गजल सुरेश वाग्लेले लेखेका हुन् ।
निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा भने अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंले अभिनय गरेका छन् । सार्वजनिक गजलमा सचिन सिंहले संगीत संयोजन गरेका छन् ।
डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गजल मार्फत पहिलो पटक सांगीतिक सहयात्रा गरेको गजलकार सुरेश वाग्लेले बताएका छन् । उनीहरुको सम्बन्धविच्छेदपछि पनि उनीहरुका युजल गीत भने सार्वजनिक भएका थिए । तर, उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । विशेष पहल गरेर यो वातावरण तय गरेको गजलकार वाग्लेले बताएका छन् ।
January 22, 2019 1:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी