अन्जु र मनोजराज एकैसाथ , लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै सहयात्रा गरेका हुन् ।
गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोज राजशिवाकोटी सांगीतिक सहयात्रामा जोडिएका छन् । लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै एक गजल गायनमा सहयात्रा गरेका हुन् । उनीहरुको युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल सार्वजनिक भएको छ । मनोजराजकै संगीत रहेको सार्वजनिक गजल सुरेश वाग्लेले लेखेका हुन् ।
निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा भने अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंले अभिनय गरेका छन् । सार्वजनिक गजलमा सचिन सिंहले संगीत संयोजन गरेका छन् ।
डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गजल मार्फत पहिलो पटक सांगीतिक सहयात्रा गरेको गजलकार सुरेश वाग्लेले बताएका छन् । उनीहरुको सम्बन्धविच्छेदपछि पनि उनीहरुका युजल गीत भने सार्वजनिक भएका थिए । तर, उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । विशेष पहल गरेर यो वातावरण तय गरेको गजलकार वाग्लेले बताएका छन् ।
January 22, 2019 1:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग