Tuesday 17th March 2026

अनशनरत केसीलाई भट्टराईको आग्रहः उत्सव मनाउन तयार हुनुस्

7 years अगाडी

काठमाडौं, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा।गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् ।

डा। गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् ।

भट्टराईले चिकित्सा शिक्षक विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन गरेको अपीललाई स्वागत र सम्मान गर्दै कुनै कमिकमजोरी रहेमा केसी जस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै लैजाने कुरामा ढुक्का हुन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘चिकित्सा शिक्षा बिधेयकलाई बिद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपीललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सक शिक्षाको सुधारका लागि यसअघि बनेका बिभिन्न आयोग, समिति तथा कार्यदलका सुझाब, बिभिन्न राजनीतिक दल तथा संघ–संगठनका सुझाब र माननीय सदस्यहरुका संशोधन प्रस्ताब अनि तपाईंले गर्नु भएको आन्दोलन समेतका आधारमा चिकित्सक शिक्षा बिधेयक राष्ट्र, जनता र बिद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु ।

कुनै कमिकमजोरी रहेमा यहाँ र यहाँजस्तै ब्यक्तित्वको सुझाबमा सुधार गर्दै जाने कुरामा ढुक्क रहन समेत अनुरोध गर्दछु । चिकित्सक शिक्षा बिधेयक संसदबाट पारित भइरहँदा तपाईंको समेत एेतिहासिक जितका रुपमा उत्सब मनाउन तपाईंलाई मेरो निबेदन छ ।’

          January 22, 2019 1:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...