

श्रृङ्खला खतिवडालाई १० प्रश्न : सानोमा म ज्ञानी, दाइ चकचके

श्रृङ्खला खतिवडाको चर्चा त्यतिबेला चुलियो जतिबेला उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०१८’ मा सहभागी भइन् । ‘मिस नेपाल वर्ल्ड २०१८ ’को उपाधि चुम्दै ‘मिस वल्र्ड’मा सहभागी उनले उक्त प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र समेत उभ्याउन सफल भइन् ।
सोही प्रतियोगिताबाट ‘ब्यूटी विथ द प्रपोज’ र ‘मल्टिमिडिया अवार्ड’ जस्तो दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल उनको समाजसेवातिर पनि रुचि रहँदै आएको छ । ‘मिस वर्ल्ड’ यात्रापछि आफूमा थुप्रै परिवर्तन आएको बताउने उनको अभिनयतिर भने पटक्कै रुचि छैन । उनै श्रृङ्खलालाई रातोपाटीको दश प्रश्नः
सौन्दर्य प्रतियोगितामा प्रवेश गर्नुको लक्ष्य प्राप्त भयो कि भएन ? : ‘मिस नेपाल’ पछि मेरो पहिलो लक्ष्य ‘मिस वर्ल्ड’ मा सहभागी हुनु थियो । केही हदसम्म त्यो पूरा भयो । मैले सानैदेखि ‘मिस नेपाल’ लाई बिग प्लेटफर्मको रुपमा हेर्दै आएकी थिएँ । त्यसैले पनि ‘मिस नेपाल’ का हरेक इभेन्ट सानैदेखि फलो गर्थेँ। म जित्नसक्छु भन्ने कन्फिडेन्ट पहिले मेरो मनमा थिएन । जब जित्छु भन्ने कन्फिडेन्ट पलायो । मिस नेपालमा भाग लिएँ र जितेँ पनि ।
फिटनेश गर्नुहुन्छ ? : ‘मिस नेपाल’ र ‘मिस वर्ल्ड’ को तयारी गर्दा त धेरै फिटनेस तिर ध्यान थियो । ‘मिस वर्ल्ड’ बाट फर्किएपछि भने त्यति ध्यान दिन सकेकी छैन । फिटनेस ध्यान दिनुपर्छ भन्ने लागेको छ ।
मनपर्ने फेसन ? : म सिम्पल छु। कस्तो फेसन चलिरहेको छ। कस्तो आउँदैछ। सबैको जानकारी राख्छु। तर, म सिक्पल पहिरन रुचाउँछु । चलेको, ब्राण्डेड, नयाँ भन्दा पनि कम्फटेवल तिर जोड दिन्छु।
फूर्सदको समय ? : फूर्सद कहिलेकाहिँ मात्र हुन्छ। यस्तो समय पुस्तकहरु अध्ययन गर्छु। कथा, कविता लेख्छु।
घुमफिरतिर कतिको रुचि छ ? : धेरै रुचि छ । ट्रेकिङ जान एकदमै रमाइलो लाग्छ। देशका सबै जिल्ला घुम्न पाएको छैन । घुम्ने इच्छा छ।
नेपाली फिल्म कति हेर्नुहुन्छ ? : नेपाली न हिन्दी । धेरै फिल्म हेरेकी छैन । अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, राजेश हमाल, भुवन केसी, नीर शाहलगायत केही नेपाली कलाकार चिन्छु ।
समाजसेवामा रुचि कहिले पलायो ? : सानैदेखि अरुका लागि केही गरौ भन्ने भावना मनमा थियो । कसरी के गरेर सुरु गर्ने भन्नेमा अन्यौलमा थिए । बिभिन्न माध्यमबाट गाउँघरका, गरिब असाहयका दुःख सुन्दा केही गर्न सकिन्छ कि भनेर सोचिरहन्थे । ‘बर्थ डे’ साथीभाइसँग डिस्को गएर भन्दापनि असाहय र अनाथलाई खाना खुवाएर मनाउँदै आएको छु । ‘मिस नेपाल’ भएपछि समाजसेवाको लागि झन् माहोल मिल्यो ।
सानोमा तपाईँ कस्तो हुनु हुन्थ्यो ? : म एकदमै ज्ञानी थिए । मेरो दाइ बरु चकचके हुनुहन्थ्यो ।
राजनीति मनपर्छ ? : अहिले त ठीकै लाग्छ । तर सानोमा फिटिक्कै मनपर्दैन थियो । कारण, बुबाआमा राजनीतिमा भएकोले हामी र घरबाट सधैं टाढा रहनुहुन्थ्यो । देशका लागि, जनताका लागि सधै लागिपर्नु हुन्थ्यो । तर घरका लागि समय निकाल्न मुस्किल थियो । राजनीतिमा लागेर उहाँहरुले जस भन्दा पनि धेरै अपजस पाएको देख्थेँ । राजनीतिले गर्दा आमाबुबा सधैँ टेन्सनमा हुनुहुन्थ्यो । यसकारण पनि राजनीति मन परेन ।
देशको महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर मिल्यो भने ? : देशमा कानुन छ । कानुन भएको फिल गर्न सकिएको छैन । दोषीलाई सजायँ दिने जेल छ, दोषी बाहिर खुल्लेआम हिँडिरहेका छन् । दोषी जो भएपनि कानुले छाड्दैन भन्ने मौका मिलेको छैन । गरिब र धनीका लागि कानुन फरक देखिएको छ । यदि अवसर मिल्यो भने कानुन सबैका लागि एउटै हो भन्ने फिल गराउछु ।
January 22, 2019 2:57 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

