Tuesday 10th March 2026

फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई बार्सिलोनाले लोन ल्यायो

7 years अगाडी

काठमाडौँ, ९ माघ । बार्सिलोनाले इटालियन क्लब सास्सुओलोबाट खेलाडी लोनमा ल्याएको छ । बार्सिलोनाले सोमबार घानाका फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई क्लबमा जारी सिजनको अन्त्यसम्मको लागि भित्र्याएको हो ।

मिडिया रिपोर्टका अनुसार मुनिर अल हदादी सेभियामा आबद्ध भएपछि क्लब एउटा फरवार्डको खोजीमा थियो ।माल्कोमाले आशा गरे जस्तो खेल खेल्न नसकेपछि ब्याकअपको लागि पनि क्लब खेलाडी चाहिरहेको अवस्थामा बोइटेङलाई ल्याएको हो । बार्सिलोनाले बोइटेङलाई २ मिलियन यूरोमात्र तिरेर उनलाई लोनमा भित्र्याएको हो भने खरिद गर्न चाहेको खण्डमा ८ मिलियन यूरो तिर्नुपर्छ ।

          January 23, 2019 10:43 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...