केही महिना पहिला बिहे गरेकी प्रियंका बन्न सक्छिन्, बेलायती राजकुमारकी ‘आमा’ !
ब्रिटिश राजघराना हालका दिनमा एक नयाँ पाहुनाको स्वागतको तयारीमा छ । प्रिन्स ह्यारीकी पत्नि मेगन कर्मले यही अप्रिलमा बच्चालाई जन्म दिँदैछिन् । जसको कारण ब्रिटिश राज परिवारमा निकै उत्साह छ । तर, अब यस्तो खबर आएको छm जसले प्रियंका चोपडाका फ्यानलाई पनि खुशी दिन सक्छ ।
पश्चिमा सञ्चारमाध्यमका अनुसार मेगनकी निकट मित्र मानिने प्रियंका उनको हुनेवाला बच्चाकी गडमदर बन्न सक्ने चर्चा छ । ब्रिटिश राज परिवारमा एक् परम्परा छ । परम्पराअनुसार नवजात शीषुको धार्मिक संस्कारभन्दा पहिला आमा बाबुका केही निकटवर्तीहरुलाई गड प्यारेन्ट्सका रुपमा चुनिन्छ । यसमा नातेदार वा मित्र पनि हुन सक्छन् ।
किनकी प्रियंका मेगनकी निकट मित्रमा पछिन्, त्यसैले गडमदरका रुपमा उनको पनि चर्चा भइरहेको छ । मीडिया रिपोटर्सका अनुसार राजपरिवारकी कमेन्टेटर एन्ड्रिया बोएल्केले गडमदरका लागि पहिलो रोजाई मेगनकी साथी तथा स्टाइलिस्ट जेसिका मलरोनी हुन सक्ने बताएकी छन् ।
तर, पछि एक वेबसाइटसँग कुरा गर्दै एन्ड्रियाले प्रियंकाको नाम लिँदै मेगनले आफ्नो बच्चाको गडमदरका रुपमा उनलाई रोज्न सक्ने बताएकी थिइन् । मेगनसँग प्रियंकाको दोस्ती निकै चर्चित छ । प्रियंका चोपडा १९ मेमा भएको शाही बिहेमा पाहुना बनेकी थिइन् । बिहेपछि प्रियंकाले नवविवाहित जोडीको एक तस्वीर पोस्ट गरेर आफ्नी मित्र मेगनका लागि एक प्रेमील सन्देश लेखेकी थिइन् ।
January 23, 2019 10:57 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी