सप्तरीमा प्रहरी माथि आक्रमणमा संलग्न चाैधरीकाे जवाफी कारबाहीमा मृत्यु
राजविराज — सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् ।
नियमित गस्तीमा राजविराजबाट रुपनीतर्फ गइरहेको प्रहरी टोलीमाथि रुपनीबाट राजविराजतर्फ आइरहेका मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी बिष्टले जानकारी दिए।
मोटरसाइकल चलाइरहेका अर्का ब्यक्ति भने अध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए। प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै साता अघि सप्तरीको बिसनपुर चौकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत संलग्न रहेको एसपी बिष्टले बताए।प्रहरी कारवाहीमा मारिएका चौधरीको शव अहिले घटनास्थलमै रहेको र मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरि राजविराज ल्याउने तयारी भइरहेको छ।
January 23, 2019 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..