

स्टेज कार्यक्रममा माग्ने बुढा र सीताको माग बढ्दाे

सानो पर्दाबाट चर्चामा आएका हास्यकलाकार केदार प्रसाद घिमिरे पछिल्लो समय ठूलो पर्दामा जमिरहेका छन् । ठूलो पर्दामा अहिले उनी अत्यधिक रुचाइएका कलाकार हुन् । केदारको बोल्ने शैलीले नै लाखौँ दर्शक उनको फ्यान भएका छन् । पछिल्लो समय ठूलो पर्दामा जमिरहेका केदार अब सानो पर्दामा फर्किने सम्भावना निकै कम छ । तर उनी देशदेखि विदेशका स्टेज कार्यक्रमहरुमा भने दौडिरहेका छन् । स्टेज कार्यक्रममा उनको डिमाण्ड अहिले पनि उत्तिकै छ ।
मेरी बास्सैमा काम गर्नेताका अर्का कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढासँग जोडी बाँधेर स्टेज पुग्ने केदार प्रसाद घिमिरे यतिबेला भने आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग स्टेजमा पुग्ने गरेका छन् । पछिल्लो समय केदारले आफ्नै श्रीमती सीता देवी तिमिल्सिनासँग प्रहसन गर्दैै दर्शकहरुलाई हँसाउँदै आइरहेका छन् । उनीहरुको प्रहसनमा केदार माग्ने बुढाकै गेटअपमा छन् भने सीता पुलिसको भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् ।
केदारकी श्रीमती सीताले मेरी बास्सैभन्दा पहिले सिरियल जुरेलीमा काम गरेकी थिइन् । तर उनलाई दर्शकले भने मेरी बास्सैमार्फत चिनेका हुन् । मेरी बास्सै, जिरे खुर्सानी हुँदै सीता यतिबेला भद्रगोलमा सक्रिय छिन् । भद्रगोलमा उनी चन्द्रमुखीको भूमिकामा छिन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । भद्रगोलमा उनले बोल्ने थेगो यो कुरा कसैलाई नभन्नु नी फेरि निकै हिट भएको छ ।
बुढीकन्या चन्द्रमुखीको भूमिकामा रहेकी उनलाई कहिले सीते बा त कहिले पाँडेले आँखा लगाउँछन् । केही एपिसोडमा भने पाँडे र सिते बाले उनीसँग अँगालो हालेका दृश्यहरु पनि राखिएको थियो । श्रीमतीले दिएको यस्तो दृश्यबारे केदार घिमिरेले कथाले मागे अनुसार यस्ता दृश्यहरु गर्नु सामान्य भएको बताएका छन् । केदारको यो कुरामा सही थाप्दै सीताले पनि कलाकारले कथा मर्न दिन नहुने भएको यस्ता दृश्यहरु दिन आवश्यक हुने बताइन् ।
January 23, 2019 11:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

