विद्यालयको कक्षा कोठामा चट्याङ लागेर ६ कक्षामा पढ्ने विद्यार्थी सहित दुई जनाको मृत्यु, चार जना घाइते
डडेल्धुरा, ९ माघ । डडेलधुरमा विद्यालयमा चट्याङ परेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका ४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको हो । विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्।
कक्षा कोठमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीया रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ। । घाइते भएकी रोशनीको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए।
यस्तै, आलिताल गाउँपालिकाकै ५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा आलिताल गाउँपालिका (३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेको प्रहरीले बताएको छ। थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए।
घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारैजनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।
January 23, 2019 1:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..