Tuesday 17th March 2026

कृष्णलाई भेट्दा भावुक भए बिराज भट्ट , ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो

7 years अगाडी

काठमाडौँ। रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍याे।

उनलाई देश विदेशबाट सहयोग आइरहेको छ। यसैबीच नायक बिराज भट्टेले सङ्कलन भएको ११ लाख हस्तान्तरण गरे।

हेर्नुस् नयाँ नयाँ न्युज नेपालको यो भिडियो :

          January 24, 2019 1:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...