Tuesday 17th March 2026

स्कुल भ्यान पल्टदा ६ विद्यार्थी घाइते

7 years अगाडी

विराटनगर । विराटनगरमा विहीबार विद्यार्थी बोकेको भ्यान पल्टदा ६ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको चालक विरेन्द्र महतोले चलाएको को१च ७०३४ नम्बरको श्रीराम सेकेण्डरी बोर्डिङ स्कुलको भ्यान पौने ११ बजे आफैं अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा विद्यालयका विद्यार्थी विराटनगर १८ का ७ वर्षीय कुनाल साह, विराटनगर १५ का ८ वर्षीय कृष्ण राजवंशी, विराटनगरको १६ बस्ने वर्ष ६ का आयुष यादव,विराटनगर १८ की ११ वर्षीया ब्युटी साह, मझार अन्सारी र विराटनगर १६ का वर्ष १० को दिलनवाज अन्सारी रहेका छन् ।

उनीहरुको कोशी अञ्चल अस्पताल विराटगरमा उपचार भई रहेको छ । गाडी चालक वर्ष २७ को विरेन्द्र महतो घटना लगत्तै फरार रहेको र खोजी कार्य तीव्र बनाइएको जिप्रकाका डिएसपी कृष्ण खड्काले जानकारी दिए । घटनास्थल इप्रका रानीबाट तीन किलोमिटर उत्तरपश्चिममा पर्छ ।

          January 24, 2019 1:52 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...