कसैको सहयोग पाए बाँच्ने थिए: बोनम्यारो पीडित बालकको पुकार
काठमाडौँ – बोनम्यारो रोगबाट पीडित १३ बर्षीय बालक प्रेम बिश्वकर्माको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै प्रेमको परिवारले सहयोगको आग्रह गरेको हो ।
बिहीवार काठमाडौंमा छोरा पनि सँगै लिएर आएका उनका बुवा अम्बरबहादुर बिश्वकर्माले आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै सहयोगको अपिलसमेत गरेका छन् । सुनसरीको बराह नगरपालिका– २ बयरबन स्थायी घर भएका अम्बरबहादुर पेशाले आरन ब्यवसायी हुन ।
यही व्यवसाय गरेर आफूले परिवारको गुजरा चलाईरहेको उनले सुनाए ।सिँगो परिवार नै यतिवेला के खाउँ र के लाउँ रु भन्ने अवस्थाबाट गुज्रिरहेको सुनाउँदै उनले छोरालाई बचाउन अपिल गरे । उनले भने,‘छोरा महँगो रोगको शिकार भएको छ, हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।’
अस्पतालले छोराको उपचारको लागि करिव १७ लाख उपचार खर्च लाग्ने बताएको पनि उनले जनाए । तामाका भाँडाहरु बनाएर आफ्नो परिवारको जीविका चलाईरहेका उनी योभन्दा पहिला छोरीको उपचार गर्न आफ्न्तबाट लिएको ऋण तिर्न अझै नसकेको गुनासो पोख्छन् ।
कार्यक्रममा आफुलाई पढेर ठुलो मान्छे बन्ने धोको रहेको बताउने बालक प्रेम बराह राईजिङ स्कुलको कक्षा ५ मा अध्ययनरत छन् । अहिले आफुलाई प्रत्येक दिन ‘एक पिन्ट’ रगत चढाईरहेको उनले जानकारी गराए ।
अहिलेसम्म भएको सानो जग्गालाई गाँउमै धितो राखेर लिएको पाँच लाख रुपैया पनि उपचार गर्देमा सकिएको पनि उनले जानकारी गराए । उनले आफुलाई बचाउन सहयोगी हातहरुलाई आफ्नो सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ९अम्बर बहादुर बिश्वकर्मा र प्रेम बिश्वकर्मा० ०१६१५३८७५९४ मा जम्मा गरिदिन अनुरोध गरेका छन । उनले आफ्नो सम्पर्क नम्बर ९८४२२०८८१८ मा सम्पर्क गरेर पनि सहयोगको गर्न सक्ने जानकारी गराए ।
January 25, 2019 12:29 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग