Wednesday 10th September 2025

ऐश्वर्याले म्यासेज रिप्लाई नगरेपछि रिसाइन उनकी नन्द

7 years अगाडी

एजेन्सी। बलिउड निर्देशक करण जोहरको शो ‘कफि विथ करण’ अहिले सर्वाधिक चर्चामा रहन सफल भएको छ । उनको शो मा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु आउँने गर्दछन् ।

हालैं दुई जना क्रिकेटर ल्याएर विवादमा आएका करण यस्तैं कुराहरुले सधैं चर्चामा आउँने गर्दछन् । उनैं जोहरको शोमा अभिनेता अभिषेक बच्चन आफ्नी दिदी श्वेता नन्दासँग पुगेका थिए । दिदी –भाइले कार्यक्रममा बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका थिए ।

मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता श्वेताले भाई अभिषेक बच्चनको प्रशंसा गर्दै भनिन्, ‘अभिषेक असल भाई मात्रै नभएर असल श्रीमान पनि हो । साथै परिवारको लागि पनि कुशल सदस्य हो । ऊ परिवारको लागि सधैँ इमानन्दार रहन्छ ।’

साथै, उनले ऐश्वर्याको विषयमा पनि बोलेकी थिइन् । कार्यक्रमको र्यापिड फायर राउन्डमा करणले ऐश्वर्याको कुन बानी मन पर्दैन भन्ने जवाफमा उनले भनिन्, ‘ऐश्वर्या म्यासेज र फोन कलको जवाफ दिन निकै लामो समय लगाउँछिन् । मलाई उनको यो बानी पटक्कै मन पर्दैन ।’

          January 25, 2019 1:06 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...