Tuesday 17th March 2026

जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जन्तीको मृत्यु

7 years अगाडी

धनुषा, माघ । जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।

          January 26, 2019 11:01 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...