सार्वजनिक भयो सलमान खानको फिल्म ‘भारत’ को टिजर
सलमान खानका फ्यानहरु उनको अब रिलिज हुने फिल्म ‘भारत’ लाई निकै व्यग्रताका साथ पर्खिएर बसेका छन् ।फिल्म ‘भारत’ रिलिज हुन भने अझै धेरै समय बाँकी नै छ । तर आज उनको यस फिल्मको टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै अहिले सलमानको फिल्म ‘भारत’को पखाई सार्थक हुने चर्चा चलिरहेको छ ।
टिजरको सुरुवात सलमानको दमदार भ्वाइस ओभरबाट गरिएको छ । सलमानको डायलग जति दमदार छ, उनको लुक र एन्ट्री पनि शानदार देखिएको छ । यस टिजरमा सलमान खान ६ वटा फरक फरक अवतारमा देखिएका छन् भने फिल्मका अन्य कलाकारहरु कोही पनि देखिएका छैनन् ।
फिल्म ‘भारत’ को टिजर सावर्जनिक भएसँगै अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अली अब्बास जफरको निर्देशन रहने यस फिल्ममा सलमान खान, कट्रिना केफ, तबु, दिशा पाटनी, ज्याकी श्राफ, वरुण धवन लगायतका कलाकारहरु रहेका छन् । यो फिल्म सन् २०१४ को सुपरहिट कोरियन फिल्म ‘ओड टु माई फदर’ को हिन्दी रिमेक हो । फिल्म ‘भारत’ २०१९ को ईदको अवसरमा जून ५ मा रिलिज हुनेछ ।
January 26, 2019 4:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग