सार्वजनिक भयो सलमान खानको फिल्म ‘भारत’ को टिजर
सलमान खानका फ्यानहरु उनको अब रिलिज हुने फिल्म ‘भारत’ लाई निकै व्यग्रताका साथ पर्खिएर बसेका छन् ।फिल्म ‘भारत’ रिलिज हुन भने अझै धेरै समय बाँकी नै छ । तर आज उनको यस फिल्मको टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै अहिले सलमानको फिल्म ‘भारत’को पखाई सार्थक हुने चर्चा चलिरहेको छ ।
टिजरको सुरुवात सलमानको दमदार भ्वाइस ओभरबाट गरिएको छ । सलमानको डायलग जति दमदार छ, उनको लुक र एन्ट्री पनि शानदार देखिएको छ । यस टिजरमा सलमान खान ६ वटा फरक फरक अवतारमा देखिएका छन् भने फिल्मका अन्य कलाकारहरु कोही पनि देखिएका छैनन् ।
फिल्म ‘भारत’ को टिजर सावर्जनिक भएसँगै अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अली अब्बास जफरको निर्देशन रहने यस फिल्ममा सलमान खान, कट्रिना केफ, तबु, दिशा पाटनी, ज्याकी श्राफ, वरुण धवन लगायतका कलाकारहरु रहेका छन् । यो फिल्म सन् २०१४ को सुपरहिट कोरियन फिल्म ‘ओड टु माई फदर’ को हिन्दी रिमेक हो । फिल्म ‘भारत’ २०१९ को ईदको अवसरमा जून ५ मा रिलिज हुनेछ ।
January 26, 2019 4:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी