साउदिमा ज्यान गुमाएका प्यार मोहम्मद मियाँको शव नेपाल पुग्यो ।
साउदि अरबको खमिस स्थित मुसेदमा बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाएका प्यार मोहम्मद मियाँको शव नेपाल नेपाल पठाइएको छ । एनआरएनए आर सि सि अल कासिम तथा हातेमालो प्रवासी नेपाली समूह खमिसको पहलमा मृतक
मियाको शव नेपाल पुगेको हो ।
घटना लगत्तै गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ र युवा संयोजक चिरञ्जीवी अर्याल तथा हातेमालो प्रवासी नेपाली समुह खमिसका कोषाध्यक्ष दिपक राज गौतम, सल्लाहकार सन्तोष आचार्य र सदस्य कृष्ण प्रसाद भण्डारीले महावाणिज्यदूतावास जेद्धामा जानकारी गराएका थिए । महावाणिज्यदूतावास सँग नियमित पहल र समन्वय गरि घटना भएको करिब डेढ महिना पछि गत २४ जनवरी २०१९ मा मृतकको शव नेपाल पठाइएको रम्जान दिन मियाँले जानकारी दिए ।
हान्सपुर -४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर-सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँ गत १ डिसेम्बर, २०१८ मा सडक दुर्घटनामा परेका थिए । आफ्नो नियमित ड्युटी सकि कोठामा फर्किदै गर्दा बाटो काट्ने क्रममा साउदी नागरिकको गाडिले ठक्कर दिदा घटनास्थलमा नै मृत्यु हुन पुगेको थियो ।
२४ बर्षको अल्प आयु मै जान गुमाएका मियाँ २ वर्ष पहिले घरमा गर्भवती श्रीमती र बाबा आमा छोडेर आएका थिए । तर विडम्बना घर फर्कन नपाउदै उनी सदाका लागि साउदि मै अस्ताउन पुगे । मृतक मियाँको २५ जनवरी २०१९ शुक्रबारका दिन ईस्लाम धर्मअनुसार उनकै क्षेत्रमा समाधि गरिएको छ ।
नेपालमा बढ्दो बेरोजगारी समस्या र परिवारको आर्थिक स्थिति थेग्न नसकि विदेश पलाएन हुने मियाँ जस्ता कैयौं नेपाली युवाहरूको शव काठको बाकसमा बन्द भइ नेपाल फर्किएका छन् । नेपाल सरकारले स्वदेश मै रोजगारीका अवसरहरु श्रृजना गरि स्वदेशमै गाँस, बाँस र कपासको सुनिश्चितता गरिदिने हो भने नेपाली युवाहरूले विदेशमा अल्पायु मै ज्यान गुमाउनु पर्ने थिएन ।
साउदि अरबको अल कासिमबाट रम्जानदिन मियाका साथ तेज थापा
January 26, 2019 6:20 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन