बाराका प्रजिअ चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु
काठमाडौँ, १३ माघ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । यो दुर्घटनामा सशस्त्र प्रहरी बलका एकजना उपरीक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् ।
बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा हुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराका प्रजिअ भट्टराईको अवस्था गम्भिर रहेको बताइएको छ ।
वनभोजबाट फर्कने क्रममा सडकमा रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा गाडी ठोक्किएको हो । गाडी सडकबाट १० मिटर तल खसेको छ । दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उद्दार गरी घाइतेलाई अस्पताल ल्याएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचार वीरगञ्जमा भइरहेको छ ।
January 27, 2019 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..