गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो
डोटी – पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसाृे र बेलुका बस छुट्ने गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद सापकोटाले बताउनुभयो ।
गाउँपालिकाले बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन् । गाउँपालिकाले एक्जाभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।
३० प्रतिशत सस्तो भाडा : पूर्वीचौकी गाउँपालिकाले अरु गाडीमा भन्दा ३० प्रतिशत कम भाडादर निर्धारण गरेको छ । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।
चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भए पनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरेको छ । यसअघि दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाले पनि आफ्नै बस सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको सिमाना कोरालखोलादेखि अछामको चौखुट्टेसम्म स्थानीय सरकारका बस सञ्चालन भएका छन् ।
January 27, 2019 10:45 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी