गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो
डोटी – पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसाृे र बेलुका बस छुट्ने गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद सापकोटाले बताउनुभयो ।
गाउँपालिकाले बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन् । गाउँपालिकाले एक्जाभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।
३० प्रतिशत सस्तो भाडा : पूर्वीचौकी गाउँपालिकाले अरु गाडीमा भन्दा ३० प्रतिशत कम भाडादर निर्धारण गरेको छ । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।
चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भए पनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरेको छ । यसअघि दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाले पनि आफ्नै बस सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको सिमाना कोरालखोलादेखि अछामको चौखुट्टेसम्म स्थानीय सरकारका बस सञ्चालन भएका छन् ।
January 27, 2019 10:45 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग