

गेटाफेलाई हराउँदै एट्लेटिकाे मड्रिडले बार्सिलाेनासँगकाे दूरी घटायो

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० ले हरायो । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए ।
२७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ३७औं मिनेटमा साउलले अग्रता दोब्बर बनाए । बाँकी समयमा गोल हुन नसक्दा एट्लेटिको विजयी भयो ।
जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा छा्ेट्याएको छ । २० खेल खेलेको बार्सिलोनाको ४६ अंक छ भने एट्लेटिको मड्रिडको ४४ अंक भएको छ । तेस्रो स्थानको सेभियाले पनि जित हात पारेको छ ।
लेभान्टेलाई ५–० ले हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोल रहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए । सेभियाको जितमा विसम बेन यडर, एन्द्रे सिल्भा, फ्रांको भाज्क्वेज, पाब्लो साराबिया र क्वीन्सी प्रोम्सले गोल गरेका थिए । सेभियाले तालिकामा ३६ अंक बनाएको छ ।
January 27, 2019 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

