गेटाफेलाई हराउँदै एट्लेटिकाे मड्रिडले बार्सिलाेनासँगकाे दूरी घटायो
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० ले हरायो । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए ।
२७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ३७औं मिनेटमा साउलले अग्रता दोब्बर बनाए । बाँकी समयमा गोल हुन नसक्दा एट्लेटिको विजयी भयो ।
जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा छा्ेट्याएको छ । २० खेल खेलेको बार्सिलोनाको ४६ अंक छ भने एट्लेटिको मड्रिडको ४४ अंक भएको छ । तेस्रो स्थानको सेभियाले पनि जित हात पारेको छ ।
लेभान्टेलाई ५–० ले हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोल रहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए । सेभियाको जितमा विसम बेन यडर, एन्द्रे सिल्भा, फ्रांको भाज्क्वेज, पाब्लो साराबिया र क्वीन्सी प्रोम्सले गोल गरेका थिए । सेभियाले तालिकामा ३६ अंक बनाएको छ ।
January 27, 2019 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी