Tuesday 17th March 2026

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

7 years अगाडी

बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ। झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ। आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, शनिबार साँझ झापा कनकाई नगरपालिका-४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ।खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ। आगलागी इलाका प्रहरी कर्यालय सुरुङ्गा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस

          January 27, 2019 11:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...