आँचलले मागिन माफी
माघ १३,चलचित्र दाल भात तरकारीको गीत सार्वजनिक पत्रकार सम्मेलनमा नायिका आँचल शर्मालाई ‘दाल भात तरकारी’को टिमबाट बोल्नका लागि निषेध गरिएको हो भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा नायिका शर्माले भनिन्–‘कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । म म्यूजिक भिडियो पनि गर्छु ।
कतिले मलाई म्यूजिक भिडियो किन गरेको भनेर पनि प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो । यसैले म्यूजिक भिडियो आँउदा, युटुबमा इन्टरभ्यू आउँदा दर्शकलाई दिक्क लाग्छ कि भन्ने मलाई लागेको थियो ।
यसैले चलचित्रको बाहेक अरु विषयमा केही महिना नबोलौं भन्ने लागआँचलले अहिले चलचित्र ‘दाल भात तरकारी’ बाहेक अरु बिषयमा नबोल्दा राम्रो हुन्छ कि भनेर आफूले बोल्न नखोजेको बताइन् । यही बीचमा एक पत्रकारले उनलाई प्रश्न सोधे, ‘के तपाईंहरुको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरुले बोल्न चाहादा बोल्ने, बोल्न नचाहादा नबोल्ने हो ?’
यस विषयमा आँचलले भनिन्–‘नरम तरिकाले सोध्नुहोस् न, डर लाग्दैन हामीलाई । यसका लागि म क्षमा माग्न चाहन्छु ।’ पत्रकारले फेरि भने–‘कृपया तपाईंहरुका लागि हामीले रातदिन नभनी काम गरेका छौं । कृपया तपाईंहरुले हाम्रो पनि सम्मान गरिदिनुहोला ।’
पत्रकारको कुरा सुनेपछि आँचलले भनिन्–‘दाल भात तरकारीको समयमा अरु विषयमा कुरा नगरौं भन्ने लागेर म नबोलेकी हुँ । म पत्रकारको सम्मान गर्न चाहन्छु । मलाई माफ गरिदिनुहोला ।’ चलचित्र ‘दाल भात तरकारी’का निर्माता किरण केसीले आफूले पत्रकारको अगाडि कसैलाई बोल, कसैलाई नबोल नभनेको समेत स्पष्ट पारे । केहि समय अघि अभिनेत्री आँचल शर्माले आफूलाई चलचित्र यूनिटले नबोल्न भनेको भन्ने खबर सार्वजनिक भएको थियो ।
January 27, 2019 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग