Tuesday 17th March 2026

मोबाइल चार्ज गरेर भिडियो हेरिरहेकी युवतीको चट्याङ परेर मृत्यु

7 years अगाडी

तनहुँ । शुक्रबार राति परेको चट्टयाङका कारण तनहुँमा एक युवतीको ज्यान गएको छ।

तनहुँको ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीया मिनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो।

          January 27, 2019 12:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...