Tuesday 17th March 2026

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि लगाइएको निषेधाज्ञा हटाइयो

7 years अगाडी

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आज बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छविराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान मृत्यु भएको थियो । बालिकाको मृत्युपछि

स्थानीयवासीले घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै सडकमै शव राखेर दिनभर प्रदर्शन गरेका थिए । बालिकालाई ठक्कर दिएकासहित दुर्घटनास्थल वरपर आइपुगेका को १ ख ५८३३, को १ ख ५६८४, को १ ख ६५६३, को १ ख ५४०७ र ना ३ ख ४५८७ नम्बरका टिपरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगोले जलेको अर्को एउटा टिपरको भने नम्बर पहिचान हुन सकेन । दुर्घटनापछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विराटचोकदेखि बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रलाई प्रदर्शन गर्न नदिने उद्देश्यले बिहान ११ः१५ बजेबाट जारी गरेको निषेधाज्ञा राति ८ बजेदेखि हटाएको छ

साँझ सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षीय बैठक बसेर सहमति भएपछि सो क्षेत्रको स्थिति सामान्य बनेको कोसीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईले बताए। बैठकपछि तत्कालका लागि दुर्घटना भएको सडकखण्डमा टिपर चलाउन प्रतिबन्ध लगाइएको छ ।

नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनबीच संयुक्त बैठक भएको थियो । बैठकले टिपर चलाउन रोक लगाएको हो । बैठकमा बालिकाको शवलाई सामुहिक श्रद्धाञ्जलि दिने, चालकलाई हँदैसम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएको चापागाईंले जानकारी दिए। सर्वपक्षीय छलफलपछि सहमति जुटेका कारण बालिकाका आफन्त शव बुझ्न सहमत भएका छन् । शवलाई शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

          January 29, 2019 3:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...