

१९० किलो वजन उठाउने टाइगर श्राफको नालिबेली

मुम्बई। सलमान खानका भिनाजु आयुष शर्माले आफ्नो नयाँ फिल्मकालागि १० देखि १२ किलोसम्म आफ्नो वजन बढाएका छन्। भारतीय संचारमाध्यमका अनुसार आयुषलाई टाइगर श्राफका फिटनेस ट्रेनर विक्रम स्वैनले तालिम दिने भएका छन्। त्यसो त टाइगर श्राफ स्वयं आफ्नो फिल्म ‘रैंबो फस्र्ट ब्लड’को तयारीमा छन्।
फिल्ममा टाइगर सिल्वेस्टर स्टेनलनको लुकमा देखिनेछन् र त्यसकालागि उनले दमदार शरीर बनाएका छन्। जिममा पसिना बगाउने होस् वा ब्यालेन्स डाइटको टाइगर प्रत्येक काम आफ्नो शेड्युलकासाथ गर्छन्। खानमा उनी दैनिक ८ अण्डा, चिकन र माछा खान्छन् भने जिममा उनी १९० वजन किलोसम्म उचाल्छन्।
सोमबारको दिन टाइगर श्राफ ब्याककालागि शारीरिक अभ्यास गर्छन्। पुल–अप्सको ४ देखि ८ रेप्सका १२ सेट्स गर्छन्। त्यसपछि ८० देखि ८५ किलो वजनसँग पुल–डाउन गर्छन्। त्यसपछि सय किलो वजनसँग लो र वन–आर्म डम्बलबेल रोल्स गर्छन्।
मंगलबार फ्लाट बेन्च इनक्लान बेच्न, डम्बल प्रेस, चेस्ट फ्लाईका चार देखि ८ रेप्सका १२–१२ सेट्स गर्छन्। बुधबार १९० केजी वजनसँग स्क्वाट्सका चार सेट्स गर्छन्। ९० केजी वजनकासाथ ह्यामस्ट्रिंग्सका चार सेट्स गर्छन्। ९० वजनसँग स्टेप–अप्सका चार सेट्स गर्छन्। बेयरबल्सका चार सेट्स गर्छन्।
बिहीबार बेयरबेल कल्र्स, डम्बल कल्र्स, रिवर्स कल्र्स, क्लोज कल्र्स, क्लोज ग्रिप बेयरबेल्स, प्रेस डाउन्स र स्कल क्र्याशर्ससँग १२–१२ सेट्स गर्छन्।
शुक्रबार नी एण्ड शोल्डर प्रेस, मिलिट्री प्रेस, रेयर फ्लाइसका १२–१२ सेट्स र डम्बलका ६ सेट्स गर्छन्।
शनिबार डेड लिफ्ट्स, स्क्वाट्स, नील एण्ड प्रेस र पुशअप्सका १२–१२ सेट्स गर्छन्। आइतबार क्रंचेस, ह्याकिङ रिवर्स क्रंचेज, रिवर्स क्रंचेज, स्ट्याण्डिङ र सीट काल्फ प्रेसका १२–१२ सेट्स गर्छन्। ब्रेकफास्टमा उनी आठवटा अण्डा खान्छन्। साथै ड्राई फ्रुट्स पनि खान्छन्।
खानामा उनी ब्राउन राइस चिकन र माछासँग उमालेको तरकारी पनि खान्छन्। खाजामा उनी प्रोटीन युक्त खाजा खान्छन्। टाइगर न मदिरा सेवन गर्छन न चुरोट नै पिउँछन्। यद्यपी प्रोफेशनल कमिन्टमेन्टका कारण उनले उक पटक चुरोटसँग फोटोशुट गराएका थिए।
बलिउड परिवारसँग सम्बन्धित भएपनि बाल्यकालदेखि नै टाइगरलाई स्पोर्टस र डान्सको निकै ठूलो शोख थिए। यद्यपी उनले आफू अभिनेता बन्छु भन्ने सोचेका थिएनन्।
January 29, 2019 7:00 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

