Saturday 20th December 2025

श्रीमती बलात्कार गरेकाे आराेपमा श्रीमान पक्राउ

7 years अगाडी

भक्तपुर – श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ । भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

          January 29, 2019 7:09 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...