Tuesday 17th March 2026

आज देशभरको मौसम बदली हुने, पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

7 years अगाडी

काठमाडौँ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए। रासस

          January 30, 2019 12:40 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...