मोरङको सुनवर्षमा सफारी दुर्घटना हुँदा एककाे मृत्यु
7 years अगाडी
Susma Dhakal
मोरङ, माघ १६ गते । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को सूर्यनारायण पासवान घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । सफारीका चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ
January 30, 2019 1:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...