आमाबुबा बिना नै एक्ली सन्तान लक्ष्मीको अन्तिम संस्कार !
विराटचोक । सोमबाट टिपरको ठक्करबाट ज्यान गुमाएकी ११ बर्षिया बालिका लक्ष्मी ढकालको अन्तिम संस्कारमा उनका बुबाआमा सहभागी भएनन् । आमाबाबु नआएपछि सुन्दरहरैँचा–९ का लेखनाथ ढकालले मंगलबार दिवङ्गत भतिजी लक्ष्मीको अन्तिम संस्कार गरेका छन । सोमबार लक्ष्मीको मृत्यु भएसँगै ढकाल परिवार मात्र नभएर सिंगो गाँउ शोकमा डुबेको छ ।
मृतकका बुबा चुडामणि ढकाल र बुहारी सबिता बीच वर्षौँदेखि खटपट हुन थालेपछि लक्ष्मीको अभिभावकत्व लेखनाथले आफै लिएका थिए । भाइ र बुहारी अलग भएको लामो समयपछि गत शनिबार सविताले फोन गरेर आफुले अर्कै ब्यबहार गरेको र आफुलाई नखोज्नु भनेकी थिईन ।
उनको फोन आउँदा चुडामणी घाइते भएको केही दिन भएकोे थियो । ‘भाइको नियमित रक्सी खाने खराब लतले परिवारमा विचलन आयो ।’ सवारी दुर्घटनमा परेका भाइले औषधीको सट्टा बढी रक्सी पिएपछि थप शिथिल बनेको दाई लेखनाथ गुनासो गर्छन ।
भाईलाई विराटनगरस्थित नोबेल मेडिकल अस्पताल लग्ने तयारी हुँदाहुँदै लक्ष्मीको दुर्घटना भएको थियो । लक्ष्मीका बुबालाई थप व्यथाले च्यापेपछि सडकमा ढलेकी छोरी छाडेर आफ्नो उपचारका लागि चुडामणि अस्पताल पुगेका थिए ।
बिरामी भएकै कारण उनी मङ्गलबार छोरीको अन्तिम संस्कारमा आउन सकेनन् । न त अन्तै बिहे गरेकी आमा नै छोरीको अन्तिम संस्कारमा आईन । चिकित्सकले चुडामणीलाई दिल्ली लग्न सके मात्र बाँच्ने बताएका छन् । तर, ग्यारेन्टी गरेका छैनन् । भाइले रक्सी नपिदिएको भए परिवार हाँसीखुशी बस्थ्यो । दाईले गुनासो गरे आज यस्तो बज्रपात पो पर्दैन थियो की ? लक्ष्मीको मृत्यु सँगै सिंगो गााउ यतिबेला शोकमा डुबेको छ ।
January 30, 2019 1:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग