“सम्मान मधेश कूवेत” द्वारा पुर्वि तराईका गरिब तथा दलित बालबालिकाहरुलाई सहयोग ।
कुवेत स्थित नेपालीहरुको साझा संगठन “सम्मान मधेश” तथा सिटि ग्रुप कम्पनीमा कार्यरत नेपालीहरुको सहयोगमा पुर्वि तराईका बालबालिकाहरुलाइ न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बटेश्वर ५ शान्तिपुर धनुषाका ३८ जना दलित तथा गरिब बालबालिकाहरुलाइ सो सामाग्री वितरण गरिएको हो ।

सहयोग वितरण कार्यक्रममा “सम्मान मधेश” का केन्द्रीय सह-कोशाध्यक्ष गणेश शाह, सल्लाहकार शम्भु र महिला शिक्षका सिला देवी मंडल “सम्मान मधेश” कूवेत का अध्यक्ष शयाम सून्दर मंडल लगायतका पदाधिकारीहरुको समुपस्थिति रहेको थियोे ।

गरीब बाल-बालीकाहरुलाई हौसला थपि शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने हेतुले शिक्षिका सिला देवी मंडलले कूवेत,साउदी, कतार, युएई,मलेशियामा कृयाशिल “सम्मान मधेश”का पदाधिकारीहरु सँग समन्वय गरि सहयोगका लागि अनुरोध गरेकि थिएन् । भने संगठनका पदाधिकारी बिच आन्तरिक छलफल गरि सहयोग अभियान संचालन गरिएको “समान मधेश” मिडिया रिपोर्टर राजन मिस्राले बताए ।

कूवेत का अध्यक्ष शयाम सून्दर मंडल र केन्द्रीय अध्यक्ष त्रिलोकी साहको अध्यक्षतामा २०७४ सालमा “सम्मान मधेश” नामको संगठन स्थापना गरि संगठनले स्थापनाकाल देखि विभिन्न समाजिक अभियान चलाउदै आएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो