“सम्मान मधेश कूवेत” द्वारा पुर्वि तराईका गरिब तथा दलित बालबालिकाहरुलाई सहयोग ।
कुवेत स्थित नेपालीहरुको साझा संगठन “सम्मान मधेश” तथा सिटि ग्रुप कम्पनीमा कार्यरत नेपालीहरुको सहयोगमा पुर्वि तराईका बालबालिकाहरुलाइ न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बटेश्वर ५ शान्तिपुर धनुषाका ३८ जना दलित तथा गरिब बालबालिकाहरुलाइ सो सामाग्री वितरण गरिएको हो ।

सहयोग वितरण कार्यक्रममा “सम्मान मधेश” का केन्द्रीय सह-कोशाध्यक्ष गणेश शाह, सल्लाहकार शम्भु र महिला शिक्षका सिला देवी मंडल “सम्मान मधेश” कूवेत का अध्यक्ष शयाम सून्दर मंडल लगायतका पदाधिकारीहरुको समुपस्थिति रहेको थियोे ।

गरीब बाल-बालीकाहरुलाई हौसला थपि शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने हेतुले शिक्षिका सिला देवी मंडलले कूवेत,साउदी, कतार, युएई,मलेशियामा कृयाशिल “सम्मान मधेश”का पदाधिकारीहरु सँग समन्वय गरि सहयोगका लागि अनुरोध गरेकि थिएन् । भने संगठनका पदाधिकारी बिच आन्तरिक छलफल गरि सहयोग अभियान संचालन गरिएको “समान मधेश” मिडिया रिपोर्टर राजन मिस्राले बताए ।

कूवेत का अध्यक्ष शयाम सून्दर मंडल र केन्द्रीय अध्यक्ष त्रिलोकी साहको अध्यक्षतामा २०७४ सालमा “सम्मान मधेश” नामको संगठन स्थापना गरि संगठनले स्थापनाकाल देखि विभिन्न समाजिक अभियान चलाउदै आएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप