Tuesday 17th March 2026

पाँच किलो गाँजा बोकेर भारत जाँदै गरेका एक जना पक्राउ

7 years अगाडी

वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन्।

जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले हामीलाई बताए।

गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ। रु तीन हजार प्रतिकिलोका दरले तस्करले सो गाँजा खरीद गरी भारतमा रु १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बताइएको छ।

          January 31, 2019 11:20 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...