

अनन्या पाण्डेसँगको प्रेम सम्बन्धका बारेमा पहिलो पटक बोले कार्तिक आर्यन

बलिउड फिल्म उद्योगका नयाँ कलाकारहरुले डेब्यू गरेसँगै उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि सुरु हुने गर्छ । यही कुरा बलिउड अभिनेत्री अनन्या पाण्डे र कार्तिक आर्यनसँग पनि भयो । अहिले बलिउड फिल्म उद्योगमा कार्तिक आर्यन र अनन्या पाण्डेबीच प्रेम सम्बन्धरहेको खबरहरु चर्चामा छन् । तर अभिनेता कार्तिक आर्यन स्वयमले भने आफ्नाबारेमा आएका यस किसिमका खबरहरु केबल अफवाह मात्रै रहेको बताएका छन् ।
केही समय अघि कार्तिक आर्यन फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत बलिउड डेब्यू गर्न लागेकी अभिनेत्री अनन्या पाण्डेलाई कुनै रेष्टुरेन्टमा भेटघाट गरेका तस्विरहरु भारतीय मडिया तथा सामाजिक संजालमा चर्चामा थिए ।
त्यसपछि तिनै अनन्याका साथ कार्तिक उनको अब आउने फिल्म ‘पति पत्नी और वो’ मा अनुबन्धित भएको खबर सार्वजनिक भयो । यसको केही दिन पछि फेरी कार्तिक र अनन्या आउटिङमा गएका थिए । अहिले अभिनेता कार्तिक आर्यनले आफ्नो लभलाइफका बारेमा एक भारतिय फिल्मी वेब पोर्टलका साथ गरेको कुराकानी गरेका छन् ।
कार्तिकले भनेका छन् ‘कुनै पनि सम्बन्धलाई दीगो बनाउनका लागि धेरै समयको आवश्यकता पर्दछ । सम्बन्धमा भइसकेपछि आफ्नो पार्टनरलाई समय दिन सक्नुपर्छ । अहिले म कुनै पनि सम्बन्धमा डुब्न चाहन्नँ । अहिले म आफ्नो काम प्रति नै केन्द्रित हुन चाहन्छु ।’
कार्तिकले अनन्या पाण्डेसँग बाहिर आउटिङ्गमा गएको कुरालाई प्रष्ट्याउँदै भने ‘म प्रोड्यूसरका साथ पनि बाहिर निस्कन्छु र अभिनेत्रीहरुका साथ पनि तर खबरहरु केबल अभिनेत्रीहरुसँग घुम्न गएपछि मात्रै बनाइन्छ । जुन कुरा म बुझ्न सक्दिनँ ।’
फिल्म ‘सोनु कि टिटु की स्वीटी’ सुपरहिट भएसँगै कार्तिक आर्यनलाई यतिबेला बलिउडका उदाउँदा स्टार अभिनेताको रुपमा हेरिन्छ । कार्तिक यतिबेला बलिउडका निर्देशक, निर्माताहरुको पहिलो रोजाई मात्रै नभइ नयाँपुस्ताका अभिनेत्रीहरुका लागि पनि हट चकलेटी अभिनेताको रुपमा चर्चित छन् । सुपरहिट फिल्म ‘सिम्बा’ की अभिनेत्र सारा अली खानले त झनै कार्तिकसँग डेटमा जान चाहेको कुरा उनका अभिकांश अन्तरवार्तामा भन्दै आइरहेकी छिन् ।
January 31, 2019 11:32 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

