Tuesday 17th March 2026

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि साढे तीन करोड सहयोग जुट्यो

7 years अगाडी

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ। बुधबार राजधानीमा आयोजित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो।

बुधबारको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ। साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन्। अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, रविराज सिंहले ११ लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एकएक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्। अझै सहयोग रकम जुट्नेक्रम जारी छ। फाउन्डेसनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ।

          January 31, 2019 12:54 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...