Tuesday 17th March 2026

जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फुल्यो

7 years अगाडी

अमरगढी। सधैंजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ। लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ।

जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ। लालीगुराँस माघ महीनामै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि लालीगुराँस फुलेको स्थानमै जम्मा हुन थालेका छन्।

लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महीनामा पाइने भए पनि जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फूल फुल्न थालेको जानकार बताउँछन्। डडेल्धुरा जिल्लाका अधिकांश वन जङ्गलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन्। लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जङ्गलमा जान थालेका छन्।

लालीगुराँस फूल फागुन चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयतादेखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताए। रासस

          January 31, 2019 1:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...