पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीबीच झडप
पोखरा, १७ माघ । पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकाल्ने क्रममा झडप भएको हो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थीहरुले बताएका छन् ।
प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा परि नेविसंघका ४ जना विद्यार्थी घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
कास्की प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । कास्की प्रहरी डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको बताए । घटना सामान्य रहेको उनको भनाई छ । मसाल जुलुस निकालेपछि कोणसभा गरेर गरेको थियो । कोषसभालाई विद्यार्थी नेताहरुल सम्बोधन गर्दै सरकारको विरोध गरेका थिए ।
January 31, 2019 1:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी