‘दाल भात तरकारी’ को ‘भिजिट भिसाामा’ युट्युब ट्रेडिङ पहिलो नम्बरमा (भिडियोसहित)
काठमाडौं, १८ माघ । गत शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ गीतले यति बेला चर्चा कमाई रहेको छ ।
हाल नेपालको युट्युब ट्रेडिङ नम्बर एकमा रहेको यो गीतलाई रिलिज भएको ६ दिनमा करिब १९ लाख बढिले हेरेका छन् । मह सञ्चारको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा १९ लाख ४७ हजारभन्दा बढी भ्युज रहेको छ भने ३२ हजार बढिले लाईक गरेका छन् ।
१४ सय डिसलाईक रहेको भिडियोमा तीन हजार बढिले कमेन्ट गरेका छन् । गीत रिलिज भएसँगै टिकटकमा यो गीत भाइरल बनेको छ । चलचित्रका निर्माता किरण केसीले टिकटकमा करिब १० हजार बढी भिडियो बनेको जानकारी दिए ।
भिटिज भिसामा गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, बर्षा राउत, आँचल शर्मा र पुष्पल खड्काले कम्मर मर्काएका छन् । सुदन केसीको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैशाख १३ गते रिलिज हुदैँछ ।
February 1, 2019 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै