‘दाल भात तरकारी’ को ‘भिजिट भिसाामा’ युट्युब ट्रेडिङ पहिलो नम्बरमा (भिडियोसहित)
काठमाडौं, १८ माघ । गत शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ गीतले यति बेला चर्चा कमाई रहेको छ ।
हाल नेपालको युट्युब ट्रेडिङ नम्बर एकमा रहेको यो गीतलाई रिलिज भएको ६ दिनमा करिब १९ लाख बढिले हेरेका छन् । मह सञ्चारको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा १९ लाख ४७ हजारभन्दा बढी भ्युज रहेको छ भने ३२ हजार बढिले लाईक गरेका छन् ।
१४ सय डिसलाईक रहेको भिडियोमा तीन हजार बढिले कमेन्ट गरेका छन् । गीत रिलिज भएसँगै टिकटकमा यो गीत भाइरल बनेको छ । चलचित्रका निर्माता किरण केसीले टिकटकमा करिब १० हजार बढी भिडियो बनेको जानकारी दिए ।
भिटिज भिसामा गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, बर्षा राउत, आँचल शर्मा र पुष्पल खड्काले कम्मर मर्काएका छन् । सुदन केसीको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैशाख १३ गते रिलिज हुदैँछ ।
February 1, 2019 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग