Saturday 7th March 2026

सुतिरहेकै ठाउँमा महिलाको मृत्यु

7 years अगाडी

डोटी। पूर्वीचौकी गाँउपालिका ५ मा २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत फेला परेकी छिन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।

राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतकको पोष्टमार्टम गर्न जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बिहीबार राति नै शव पुर्‍याइएको भए पनि पोष्टमार्टम गर्ने डाक्टर नभएका कारण उनको शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाउने तयारी भएको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।

          February 1, 2019 11:16 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...