श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या प्रयास
7 years अगाडी
Susma Dhakal
उदयपुर – घरमा श्रीमतीसँग झगडा भएपछि उदयपुरका एक युवाले आफैँले बन्दुक हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ रातमाटे बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेका हुन् ।
घरमा श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आफैँले बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । डीएसपी रानाभाटका अनुसार शनिबार दिउँसो राईले बन्दुक प्रहार गरेका हुन् ।
घाइते राईको छातीमा ठूलो घाउ छ । जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
February 3, 2019 1:08 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...