Tuesday 17th March 2026

विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा !

7 years अगाडी

भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो ।

लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् ४५ वर्षीय ती यात्रु शनिबार बेङ्ककको फ्लाइटमा चेन्नई एयरपोर्ट उत्रिएका थिए । उनको नाम भने खुलाइएको छैन तर ती यात्रु अन्तर्राष्ट्रिय तस्करीमा संलग्न छन् कि भनेर अधिकारीहरु अनुसन्धानमा खटिएका छन् ।

सीसी क्यामरामा कैद भएको फुटेजमा चितुवाको बच्चालाई बोतलको दुध खुवाइरहेको देखिएको छ । चितुवाको बच्चा तर्सिएको, भोकै भएको र मन्द पीडादायी आवाज निकालेको एयरपोर्टका कर्मचारीहरुले बताएका छन् ।

          February 3, 2019 1:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...