प्रेमी हिमांश कोहलीसँग ब्रेकअप पछि नेहा कक्कडले जवाफमा गाइन् ‘तेरा घाटा’
बलिउड फिल्म उद्योगकी चर्चित गायिका नेहा कक्कड पछिल्लो समय उनको गीतका कारण भन्दा पनि उनको व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । केही समयअघि नेहा कक्कड र उनका प्रेमी हिमांश कोहलीबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । नेहा स्वयमले सामाजिक संजालमा आफ्नो ब्रेकअप भएको कुरा लेखेकी थिइन् ।
नेहाले सामाजिक संजालमा लेखेकी थिइन् ‘मलाई थाहा थिएन की यो संसारमा यति खराब व्यक्तिहरु पनि हुन्छन् । तर मैले सबै कुरा गुमाइ सकेपछि होस आएको छ । मैले मेरो सबै कुरा दिए तर बदलामा मैले के पाएँ भन्ने कुराको बारेमा केही भन्न पनि सक्दिनँ ।
’यसैबीच नेहा कक्कडले यूट्युब च्यानलमा एक भिडियो शेयर गरेकी छिन् । यस भिडियोमा नेहा ‘तेरा घाटा’ बोलको गित गाइरहेकी छिन् । नेहाको यो गीत सार्वजनिक भएसँगै उनले यो गीत उनका पूर्वप्रेमी हिमांश कोहलीलाई जवाफ दिनकै लागि गाएको भन्ने चर्चा चलिरहेको छ । तेरा घाटा बोलको ओरिजिनल गीत गायक गजेन्द्र वर्माले गाएका हुन् ।
नेहा कक्कडले ब्रेकअप पछि उनको इन्स्ट्राग्राम अकाउन्टमा आफू डिप्रेशनमा रहेको कुरा लेखेकी थिइन् । साथै उनले इन्स्ट्राग्राममा हिमांश कोहलीसँगका तस्बिरहरु पनि सबै डिलिट गरदिएकी थिइन् ।
February 3, 2019 2:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर