वेष्टह्यामसँग पनि बराबरीमा राेकियाे लिभरपुल, उपाधि यात्रामा ठूलो धक्का
7 years अगाडी
Susma Dhakal
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरीको नतिजा ल्याएको छ । अघिल्लो साता लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल वेष्टह्यामसँग पनि १–१ कै बराबरीमा रोकियो ।
प्रिमियर लिगको उपाधि अभियानमा रहेको लिभरपुललाई यो बराबरीले ठूलो घाटा लागेको छ । २५ खेल सकिँदा लिभरपुलले जम्मा तीन अंकको अग्रता कायम गर्न सकेको छ । लिभरपुलको ६२ अंक छ भने म्यानचेस्टर सिटीको ५९ अंक छ ।सोमबार राति वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमा पुग्यो । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुल बराबरीमा रोकियो । लिभरपुल शीर्ष स्थानमा कायम रहँदा वेष्टह्याम भने ३२ अंक सहित १२ औं स्थानमा छ ।
February 5, 2019 10:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...