क्रिकेटमा चम्केर मात्र हो नत्र अनुष्का शर्माको अघि विराट कोहली अनपढ जस्तै हुन् !
वर्षको चर्चित जोडी भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले गत ११ डिसेम्बरमा इटलीको फ्लोरेन्सस्थित बोर्गो फिनोसिटो रिसोर्टमा विवाह गरेका थिए। यी दुई स्टार जोडीबीच कसले बढी पढेका छन्, यो उनीहरूको धेरै समर्थकलाई पनि थाहा नहुन सक्छ। दुवै आफ्नो विधाका सुपरस्टार हुन्। तर, अनुष्का शर्माले विराट कोहलीभन्दा बढी पढेकी छिन्।
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार अनुष्काले आर्ट्स विषयमा स्नातक गरेकी छिन् भने इकोनोमिक्समा स्नाकोत्तर गरेकी थिइन्।अनुष्काले अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘म स्कुल र कलेजमा टपर हुनेगर्थें। तर, मलाई थाहा थियो, मेरो लक्ष्य मोडलिङ नै हो। म पढाई पूरा भएपछि मात्र मोडलिङमा प्रवेश गर्न चाहन्थें।’
मोडलिङ सुरु गरेपछि धेरैले आफ्नो आमा–बुवासँग यो विषय उठान गरेको उनले बताएकी थिइन्। त्यतिबेला आफ्नो आमा–बुवाको उत्तरको विषयमा उनले भनेकी थिइन्, ‘हो छोरीले मोडलिङ गर्न थालिन्। तर, उनी स्कुलको टपर पनि त हुन् नि।’
मिडिया रिपोर्ट अनुसार विराटले विशाल भारती पब्लिक स्कुलबाट १२ कक्षासम्मको पढाइ गरेका छन्। १९९८ मा उनी पश्चिमी दिल्ली क्रिकेट एकेडेमीमा समावेश भएका थिए। यसपछि उनले आफ्नो करिअर क्रिकेटमा केन्द्रित गरे। गणित र विज्ञान विषयका शिक्षक विराटलाई ‘ब्राइट एन्ड अलर्ट’ विद्यार्थीका रुपमा चित्रण गर्छन्।
February 5, 2019 4:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग